बैंकिङ्ग समाचार, काठमाडौं ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ बुधवार बाँडफाँड गरेको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरेको हो । साउन १४ गतेदेखि ३० गतेसम्म स्थानीयमा विक्री गरेको आईपीओ भने बाँडफाँड हुन बाँकी छ ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिएको हो ।
आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बुको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि विक्री खुला गरिएको हो । योबाहेक बाँकी १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र बाहेकका सोलुखुम्बुको स्थानीय बासिन्दाहरूमा विक्री गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गरेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।
प्रतिक्रिया