साताको अन्तिम दिन उच्च अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम डेढ अर्ब माथि

साताको अन्तिम दिन उच्च अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम डेढ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो दुई दिन उच्च अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहीवार भने उच्च अंकले घटेको छ । आज नेप्से ३१.५२ अंकले घटेर २ हजार १३ दशमलब ९३ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से २९.४७ अंकले बढेर २ हजार ४५ दशमलब ४५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने डेढ अर्बमा स्थिर रहेको छ । आज नेप्सेमा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १ अर्ब ५१ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०६ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा एक कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयरमुल्य सर्किट लेभलमा वृद्धि भएको छ । 

आज मैलुङ्ग हाइड्रोपावर र समता घरेलु लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढिले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यस कम्पनीको आज ७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।