जाल्पा सामुदायिक लघुवित्तको १४.२५% बोनस शेयर नेप्सेमा सूचीकृत

जाल्पा सामुदायिक लघुवित्तको १४.२५% बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको असार ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत अर्थात कुल २ लाख २८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

अब यो बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातमा आएपछि कारोबार गर्न सकिनेछ ।