राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षकलाई तलिम प्रदान गर्न आवेदन आह्वान

राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षकलाई तलिम प्रदान गर्न आवेदन आह्वान


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय साक्षरताको क्षेत्रमा व्यक्तिहरुलाई वित्तीय साक्षरता सम्बन्धी सैद्धान्तिक, व्यवहारिक ज्ञान र सीप तालिम प्रदान गरी प्रशिक्षकको रुपमा तयारी रोष्टर निर्माण गर्ने उदेश्यका साथ तालिम सञ्चालन गर्न लागेको हो ।

उक्त तालिम असोज २१ गतेदेखि २६ गतेसम्म, बैंकर्स प्रशिक्षण केन्द्र, बोडे भक्तपुरमा सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार सो तालिममा सहभागि हुनको लागि मान्यताप्राप्त विश्व विद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासनमा स्नाकोत्तर तह वा मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट सीए,एसीसीए वा सीपीए तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

बैकको वेबसाइट https://www.nrb.org.np/departments/flcpd/ उपलब्ध आवेदन फाराम भरी अनलाइन दर्ता गर्नुपर्नेछ । उक्त तालिममा सहभागी हुनका लागि आवेदन दर्ता गर्ने अन्तिम दिन २०८० भदौ २१ गतेसम्म रहेको छ ।

\"\"

\"\"