संशोधित धितोपत्र दर्ता तथा निष्कासन नियमावली सरकारद्वारा स्वीकृत

संशोधित धितोपत्र दर्ता तथा निष्कासन नियमावली सरकारद्वारा स्वीकृत

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

सरकारले सातौं पटक संशोधन प्रस्ताव गरिएको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन)  नियमामावली, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

नियमावली स्वीकृत भएपछि एक अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले पब्लिकमा रूपान्तरण भएलगत्तै प्रिमियममा प्राथमिक सेयर निष्काशन गर्न पाउनेछन् । एक अर्बभन्दा कम पुँजी भएको हकमा भने एक वर्षको अवधि कायम नै राखिएको छ । स्वीकृत नियमावलीले प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण भएको एक वर्ष हुनैपर्ने प्रावधानलाई हटाएको छ ।

नियमावलीले कुनै पनि कम्पनीले समय सीमा सकिन १० वर्ष बाँकी भए साधारण सेयर निष्काशन गर्न बन्देज लगाइएको छ । उत्पादनमूलक उद्योगले दुई आर्थिक वर्ष नाफामा गएको भए प्रिमियममा सेयर निष्काशन गर्न र प्राइभेट इक्युटीले सेयर पाएको एक आर्थिक वर्षमा नै सेयर बिक्री गर्न पाउने व्यवस्था संशोधित नियमावलीले गरेको छ ।