समता र मनकामना लघुवित्तले एक अर्कामा गाभिन प्रारम्भिक सम्झौतापत्रमा गरे हस्ताक्षर

समता र मनकामना लघुवित्तले एक अर्कामा गाभिन प्रारम्भिक सम्झौतापत्रमा गरे हस्ताक्षर


बैंकिङ्ग समाचार, काठमाडौं ।
समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त एक अर्कामा गाभिने भएका छन् । समता लघुवित्तले मनकामना लघुवित्तलाई गाभ्ने सम्बन्धमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

काभ्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको समता घरेलु लघुवित्त वित्तीय संस्थाले केन्द्रीय कार्यालय सिद्धार्थनगर ५, रुपन्देही रहेको प्रदेशस्तरिय मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने गरि एक समारोहबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार प्राप्ति सम्बन्धी प्रकृया अघि बढेको हो ।

प्राप्ति पश्चात् कायम हुने समता घरेलु लघुवित्तको कुल चुक्ता पूँजी ५७ करोड ५९ लाख रुपैयाँ र कुल शाखा संख्या ९९ वटा हुनेछ ।