साउनमा काठमाडौं महानगरले उठायो ६५ करोड बढी राजस्व

साउनमा काठमाडौं महानगरले उठायो ६५ करोड बढी राजस्व

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ४२ लाख रुपैयाँ बढी राजस्व असुल गरेको छ । 

पहिलो महिनामा सबैभन्दा बढी ३१ करोड घरबहाल करबाट असुल भएको छ । सम्पत्ति करमा १२ करोड असुल भएको छ । सबैभन्दा कम न्यायिक दस्तुरमा ३५ हजार मात्र असुल भएको छ ।

काठमाडौँ महानगरपालिकाले समयमा नै कर असुल गराउनका लागि गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो ।

निर्देशिकाअनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्बन्धित वडा कार्यालयसँग लिखित सम्झौता गर्नुपर्छ । महानगरपालिकाले सम्पत्ति कर, घरजग्गा, बहाल, व्यवसाय र मनोरञ्जनसहित ३६ शीर्षकमा कर असुल गर्दै आएको छ । 
.