वाणिज्य विभागद्वारा १८ फर्ममा अनुगमन, ४ तरकारी व्यापारीलाई जरिवाना

वाणिज्य विभागद्वारा १८ फर्ममा अनुगमन, ४ तरकारी व्यापारीलाई जरिवाना

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १८ फर्ममा अनुगमन गरेको छ  ।

नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ ।

त्यस्तै, विभागले काठमाडौंका चार तरकारी व्यापारीलाई ५० हजार जरिवाना गरेको छ । 

विभागले खरिद बिजविजक नराख्ने प्रयाग पोखरी र इमाडोलका एक–एक तथा बाँसबारीका दुईवटा तरकारी पसललाई बुधबार कारबाही गरेको हो । प्रयाग पोखरीको तरकारी पसललाई २० हजार तथा अन्य तीन पसललाई १०–१० हजार जरिवाना गरिएको छ ।
विभागले एकान्तकुनामा रहेको एक खाद्यवस्तुको पसललाई खरिद बिजविजक नराखेको भन्दै ५ हजार जरिवाना गरेको छ ।