एशियन लाइफले सम्पन्न गर्यो बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रम, अभिकर्ता सम्मानित

सुरेश शर्मा
98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमति प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसायीक योगदान गरेका बागमती प्रदेश अन्तर्गतका उत्कृष्ट अभिकर्ताहरुलाई एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा देशभरबाटै दोश्रो स्थान हासिल गर्न सफल भएका वरिष्ठ एजेन्सी म्यानेजर कमल प्रसाद जोशी सहितका बिजेता एजेन्सी तथा अभिकर्ताहरुलाई ट्रफि सहित सम्मानित गरिएको थियो । कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको उपस्थितिमा सिईओ दिनेशलाल श्रेष्ठ, डेपुटी सिईओ होम बहादुर श्रेष्ठको उपस्थितिमा उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको हो । बागमति प्रदेशभरिका एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मान गरिएको सो कार्यक्रममा पुनर्ताजगी तालिम समेत प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिपक कुमार श्रेष्ठले नियामकीय प्रावधानभित्र रहेर अभिकर्तालाई सक्दो सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अझै बढी योगदानले कम्पनीलाई अझै उचाईमा लैजान संभव रहेको बताएका छन् ।

प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले बीमित, अभिकर्ता र शेयरधनी सबैलाई अपेक्षित प्रतिफल दिएर कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहेको बताए । उनले भने, ‘सबैले अपेक्षा गरेको प्रतिफल दिलाउनकै लागी हामीले नियामकीय प्रावधानभित्रै रहेर लगानीमा विविधिकरणलाई जोड दिई रहेका छौं, आगामी दिनमा अवश्य पनि यसले नतिजा दिलाउने आशा गरेका छौं ।’

पेशागत अभिकर्ता संघ बीमक समितिका उपाध्यक्ष सन्तलाल राईले पर्यटन, जलविद्युत र निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तारले कम्पनीको साखमा योगदान पुर्याउने भन्दै खुशी व्यक्त गरे । उनले  बीमितले प्राप्त गर्ने बोनश दर आगामी दिनमा अझै बढ्ने विश्वास व्यक्त गरे ।

\"\"