साउनमा आयात घट्दा व्यापार घाटा १ खर्ब १५ अर्बमा खुम्चियो , अर्थतन्त्र शिथिल रहेको संकेत

साउनमा आयात घट्दा व्यापार घाटा १ खर्ब १५ अर्बमा खुम्चियो , अर्थतन्त्र शिथिल रहेको संकेत


बैंकिङ्ग समाचार, काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ । व्यापार घाटा गत आर्थिक वर्षको साउनको तुलनामा केही कमी हो । गत वर्षको साउनमा मुलुकको व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड थियो । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो साउन महिनामा कुल १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । आयात गत वर्षको साउनको तुलनामा १.५६ प्रतिशत कम हो भने निर्यात ८.६५ प्रतिशत कम हो । समग्रमा आयात घट्नुले मुलुकको अर्थतन्त्र शिथिल रहेको संकेत गर्दछ ।