आज शेयर बजारमा उच्च वृद्धि, २९.४७ अंकले नेप्से बढ्दा १ अर्ब ५१ करोडको कारोबार

आज शेयर बजारमा उच्च वृद्धि, २९.४७ अंकले नेप्से बढ्दा १ अर्ब ५१ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढ्ने क्रम साताको कारोबारको चौथो दिन बुधवार पनि जारी रहेको छ । आज नेप्से २९.४७ अंकले बढेर २ हजार ४५ दशमलब ४५ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से १७.६९ अंकले बढेर २ हजार १५ दशमलब ९८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको वृद्धि भए सँगै कारोबार रकममा पनि वृद्धिभएको छ । आज नेप्सेमा १ अर्ब ५१ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ भने २० कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा तिन कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयरमुल्य सर्किट लेभलमा वृद्धि भएको छ भने ग्लोबल आइएमई ब्यालेन्सण्ड फण्ड–१ र लिबर्टि इनर्जि कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ । 

आज सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी घोराही सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।