हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले १५ लाख ४० हजार ७४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक प्रभा गोयन्का भीमसरियाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको नाममा रहेको ५२ हजार ९१० कित्ता र प्रदिप कुमार बिडारीको नाममा रहेको ३५ हजार ९८० कित्ता गरी कूल १५ लाख ४० हजार ७४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

यी शेयरहरूको विक्री मूल्य विक्रेता अनुसार फरक रहेकाले मूल्य सम्बन्धि जानकारीका लागि भने केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।