साउन महिनामा मात्रै कालोसूचीमा परे ३४ सहकारी संस्था

साउन महिनामा मात्रै कालोसूचीमा परे ३४ सहकारी संस्था


बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्जा सूचना केन्द्रका अनुसार साउन महिनामा मात्रै ३४ सहकारी संस्था कालोसूचीमा परेमा परेको जनाएको छ । पछिल्लो समय बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा कालोसूचीमा पर्ने सहकारी संस्थाहरु बाक्लिन थालेका हुन् । साउन महिनामा मात्रै ३४ वटा सहकारी कालोसूचीमा परेका छन् । 

कर्जा सूचना केन्द्रका अनुसार साउन महिनामा मात्रै कालोसूचीमा पर्ने सहकारीहरुमा उमा गौरी कृषि सहकारी संस्था, प्रारम्भिक सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, दिल्लीबजार पिपलबोट सेभिङ एण्ड क्रेडिट अपरेटिभ, नागरिक विकास सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र जेष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ छन् ।

त्यसैगरी, शिव शिखर मल्टिपपर्स को-अपरेटिभ, नागरिक कल्याण मल्टिपपर्स अपरेटिभ, ग्रीनरी सेभिङ क्रेडिट अपरेटिभ, शिव शिखर बहुउद्देशीय सहकारी संस्था, आगन्तुक सेभिङ एण्ड क्रेडिट अपरेटिभ, देउराली मल्टिपपर्स को-अपरेटिभ, ओम शान्ती सेभिङ क्रेडिट अपरेटिभ, माइलस्टोन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र श्री जनशक्ति बचत तथा ऋण सहकारी पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् ।

त्यस्तै, कालोसूचीमा पर्ने अन्य सहकारीहरुमा क्वीक सेभिङ एण्ड क्रेडिट अपरेटिभ, गरुड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, मेगा ड्रिम मल्टिपपर्स अपरेटिभ, विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था, साकुरा सेभिङ क्रेडिट अपरेटिभ, साना वित्त विकास बहुउद्देश्यीय सहकारी संस्था, अरुण उपभोक्ता सहकारी संस्था, खनार सेभिङ एण्ड क्रेडिट अपरेटिभ, माँझीगाउँ बहुउद्देश्यीय सहकारी संस्था र नेपाल मोडेल मल्टिपपर्स अपरेटिभ छन् । तुलसी बहुमुखी सहकारी संस्था, सुप्रिम सेभिङ एण्ड क्रेडिट अपरेटिभ, न्यू भिजन बचत तथा ऋण सहकारी संस्था, नेपाल मोडेल बहुउद्देश्यीय सहकारी संस्था, नेपाल मोडेल मल्टिपपर्स अपरेटिभ, सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट अपरेटिभ, इभरट्रस्ट सेभिङ क्रेडिट अपरेटिभ, सप्तदीप सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, शुक्रपथ मल्टिपपर्स को-अपरेटिभ र शुभ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभलाई कालोसूचीमा समावेश गरिएको केन्द्रले जनाएको छ ।