आज नेप्सेमा १७.६९ अंकको वृद्धि, कारोबार रकम १ अर्ब ३३ करोडमा सिमित

आज नेप्सेमा १७.६९ अंकको वृद्धि, कारोबार रकम १ अर्ब ३३ करोडमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो दुई दिन लगातार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलवार भने दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६९ अंकले बढेर २ हजार १५ दशमलब ९८ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से १२.९३ अंकले घटेर १ हजार ९ सय ९८ दशमलब २८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । आज नेप्सेमा १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४२ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्य सर्किट लेभलमा वृद्धि भएको छ । 

आज लक्ष्मी लघुवित्त, सामुदायिक लघुवित्त र आइसिएफसी डिबेन्चर २०८३ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि कम्पनीहरुशेयरमूल्य ४ प्रतिशत भन्दा बढिले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २८ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।