बैंकिङ्ग समाचार, काठमाडौं ।
स्नो रिभर्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा भदौ २७ गते गर्ने भएको छ । कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा. ३० ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिइएको हो । उक्त सभाले आईपीओ निष्काशन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ तथा लेखापरीक्षकको नियुक्ती र नीजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।
यसका साथै, साधारणसभाले नियमन निकायहरुको निर्देशन अनुरा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने अवस्था आईपरेमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितीलाई प्रत्याजोन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया