सानिमा बैंकले सर्वसाधारणमा जारी गर्यो ६७ हजार कित्ता संस्थापक शेयर

सानिमा बैंकले सर्वसाधारणमा जारी गर्यो ६७ हजार कित्ता संस्थापक शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले ६७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता १४५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता १५० रूपैयाँ रहेको छ ।