बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फण्ड–२’ का इकाइहरु भदौ ४ गते बाँडफाँड भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा उक्त म्युचुअल फण्डका इकाइहरु बाँडफाँड सम्पन्न गरिएको हो ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि १९ गतेसम्म प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यमा ८ करोड इकाई विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा भदौ ४ गते इकाई बाँडफाँड गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।
कुल इकाईमध्ये १५ प्रतिशत दरको १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरीएको छ । यो वाहेक बाँकी ६ करोड ८० लाख इकाई आम सर्वसाधारणमा सार्वजनिक निष्काशन मार्फत विक्री गरिएको थियो । सार्वजनिक निष्काशन मार्फत विक्री गरिएको उक्त इकाई बाँडफाँड गरिएको हो । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको रहेको छ ।
प्रतिक्रिया