कुमारी बैंकको साढे ७ लाख कित्ता बढि संस्थापक शेयर सर्वसाधारणले १०१ रुपैयाँमा किन्न पाउने

कुमारी बैंकको साढे ७ लाख कित्ता बढि संस्थापक शेयर सर्वसाधारणले १०१ रुपैयाँमा किन्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक शेयर भदौ ५ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहमानै रहने गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्ने भएको हो ।

बैंकले संस्थापक समूहको शेयर भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०१ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।