नेपाल इन्फास्ट्रक्चर बैंकको सञ्चालकमा प्रविण सुवेदी नियुक्त

नेपाल इन्फास्ट्रक्चर बैंकको सञ्चालकमा प्रविण सुवेदी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको एक मात्र पुर्वाधार विकास बैंक नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालकमा प्रविण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालक पदमा निुक्त गरको हो ।

सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् ।

बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् भने श्रीकृषण नेपाल, रत्नराज बज्राचार्य, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।