ग्लोबल आइएमई क्यापिटलले बिओके क्यापिटललाई मर्ज गराएर आजदेखि एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई क्यापिटलले बिओके क्यापिटललाई मर्ज गराएर आजदेखि एकीकृत कारोबार सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटले आजबाट एक आपसमा मर्ज गरि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनी मर्ज भई ग्लोबल आइएमई क्यापिटलका नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । 

यी दुबै क्यापिटलले मर्जर सम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै दुबै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले आज भदौ ४ गतेबाट एकिकृत कारोबारका लागि मिति तय गरेको थियो ।

ग्लोलब आइएमई क्यापिटलले बिओके क्यापिटललाई १००ः५३ अनुपातमा प्राप्ति गरेको हो । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बिओके क्यापिटलको १०० कित्ता सेयर हुनेछ ।

\"\"