नेप्सेको घट्ने क्रम जारीः १२.९३ अंकले बजार घटेर २ हजार बिन्दु मुनि, १ अर्ब ४० करोडको कारोबार

नेप्सेको घट्ने क्रम जारीः १२.९३ अंकले बजार घटेर २ हजार बिन्दु मुनि, १ अर्ब ४० करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन पनि गिरावट जारी रहेको छ । आज सोमवार नेप्से १२.९३ अंकले घटेर २ हजार बिन्दु भन्दा तल आएको छ । आज नेप्से १ हजार ९ सय ९८ दशमलब २८ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से २१.९९ अंकले घटेर २ हजार ११ दशमलब १४ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से सामान्य अंकले घटेसँगै कारोबार रकम पनि सामान्य घटेको छ । आज नेप्सेमा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७१ कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीहरुको शेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ । लक्ष्मी लघुवित्त र कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयरमुल्य सर्किट लेभलमा वृद्धि भएको छ । 

आज मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ८ करोड २ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।