आर्जन सहकारीका १६ जनाविरुद्ध मुद्दा दायर, १४ जना फरार

आर्जन सहकारीका १६ जनाविरुद्ध मुद्दा दायर, १४ जना फरार

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

काठमाडौं टोखा नगरपालिका–९ सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक १६ जना विरुद्ध ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ । आर्जन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले १४२ जना बचतकर्ताको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको हो । 

बचतकर्ताको उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अध्यक्ष तथा सञ्चालक सहित १६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

उक्त सहकारीका संचालक समितिका अध्यक्ष दलबहादुर आले पक्राउ परेका छन् भने उपाध्यक्ष लिलाधर सापकोटा, सचिव तथा ऋण समितिका संयोजक राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्टराई, सञ्चालक समितिका सदस्य अनिल शर्मा, व्यवस्थापक कविता गुरुङ, सदस्य कोपिला राना, सदस्य अरुण कुमार खनाल, सदस्य विष्णुप्रसाद खनाल, ऋण समिति सदस्य हरी श्रेष्ठ, लेखा समितिका संयोजक दिपक थापा, सदस्यहरु शिवमाया श्रेष्ठ, यमप्रसाद अधिकारी, सहकारीका सञ्चालक योगराज गुरुङ, राजकुमार श्रेष्ठ, सञ्चालक समितिका पूर्व सदस्य लक्ष्मण थापा क्षेत्री फरार रहेका छन् ।

सरकारी वकिलको कार्यालयका अनुसार १७५५ जनाको २३ करोड ९२ लाख ४१ हजार ९४६ रुपैयाँ मध्ये जाहेरीवाला १४२ जनाको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ बचत रकमकोे साँवा, ब्याज र हर्जनासमेत गरी हुन आउने रकम मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम देहाय बमोजिम जाहेरवाला÷बचतकर्ताहरुको बिगो भराइ पाउँ भन्दै मुद्दा दायर गरेको छ ।