६० वर्षदेखिको बजेटको बेरुजु फर्छ्यौट हुन बाँकी

६० वर्षदेखिको बजेटको बेरुजु फर्छ्यौट हुन बाँकी

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फर्छ्यौट हुन बाँकी रहेको खुलासा भएको छ ।

महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम शुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फस्र्यौट बाँकी रहेको बताएका हुन् ।

आइतवार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु फस्र्याैट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको पनि उनले बताए ।

महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको उल्लेख गर्दै उनले त्यो वर्षाैदेखिको रहेको समेत बताएका छन् । महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको बताएका छन् । देशभरका कार्यालयहरुको अर्डिट गर्नका लागि करिव ४ सय जतिमात्रै जनशक्ति रहेकाले आफूहरुले रिस्क बेसिस अर्डिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।