ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्न सिटिजन्स क्यापिटललाई नियुक्त गर्यो विक्री प्रबन्धक

ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्न सिटिजन्स क्यापिटललाई नियुक्त गर्यो विक्री प्रबन्धक


बैंकिङ्ग समाचार, काठमाडौं ।
ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज एक समारोहबीच आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गर्न सम्झौता गरेको हो ।

ठूलोखोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच खिचापोखरी, काठमाडौंमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठूलोखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।