साताको पहिलो दिन नेप्सेमा २१.९९ अंकको गिरावट, १ अर्ब ४४ करोडको कारोबार

साताको पहिलो दिन नेप्सेमा २१.९९ अंकको गिरावट, १ अर्ब ४४ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आइतवार उच्च अंकको गिरावट भएको छ । आज नेप्से २१.९९ अंकले घटेर २ हजार ११ दशमलब १४ विन्दुमा बन्द भएको हो । बिहिवार ८.०१ अंकले बढेर २ हजार ३३ दशमलब १३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज उच्च अंकको वृद्धि भएसँगै कारोबार रकम पनि घटेर डेढ अर्ब भन्दा तल पुगेको छ । आज नेप्सेमा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका २९ कम्पनीको शेयरमूल्य बढेको छ भने १९० कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र आरएसडिसी लघुवित्तको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढिले बढेको हो ।

आज एडिबिएल डिबेन्चर २०८३ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमइ लाइफको भएको छ । यस कम्पनीको आज ६ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।