कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपुर्ण गार्डेन क्याफेमा विशेष छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपुर्ण गार्डेन क्याफेमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्ज बीच गत बिहिवार बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धी मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले लेकसाईड, पोखरास्थित अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्ज रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको विशेष छुट पाउने छन् ।

बैंकले जनाए अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ ।