अभियान लघुवित्तको नाफा ९६% बढीले घट्दा कमायो जम्मा ३ लाख मुनाफा

अभियान लघुवित्तको नाफा ९६% बढीले घट्दा कमायो जम्मा ३ लाख मुनाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ लाख २८ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ९६ प्रतिशतभन्दा बढीले घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८७ लाख ११ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।

सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा ९८ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ करोड ६७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३ लाख २८ हजार रूपैयाँभन्दा बढी यो नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २५ करोड रहेको छ । रिटेन्ड अर्निग ६३ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ३ करोड ३७ लाख रूपैयाँभन्दा बढी कायम छ । गत चौथो त्रैमाससम्म कम्पनीले २० करोड ८४ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ७७ करोड २३ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निक्रिय कर्जा अघिल्लो वर्ष २ दशमलव ६० प्रतिशत रहेकोमा गत वर्ष बढेर ४ दशमलव ८९ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रूपैयाँ ९५ पैसा छ ।