प्रभु बैंकको १ लाख ९४ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

प्रभु बैंकको १ लाख ९४ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकले आज भदौ ३ गतेदेखि संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी जारी गरेको हो । यस शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुसँग अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन् ।

इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ११५ रहेको छ ।