शोधानान्तर स्थिति २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा

शोधानान्तर स्थिति २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

गत आर्थिक वर्षमा देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर (शोधानान्तर स्थिति) २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा रहेको छ ।

राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार  असार मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा गएको छ ।

गत वर्ष रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्दै १२ खर्ब २० अर्ब माथि पुग्दा आयात १६ प्रतिशतले घटेर १६ खर्ब ११ अर्बमा सीमित भएपछि शोधनान्तर स्थिति बचतमा गएको हो ।

शोधनान्तर स्थित बचतमा भए पनि चालु खाताको घाटा भने बढेको छ । गत फागुनमा चालु खाता घाटा २९ अर्ब ६४ करोड रुपैयाँ पुगेकोमा असार मसान्तमा बढेर ७२ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जेठ महिनाको तुलनामा चालु खाता घाटा २ अर्ब ७६ करोड रुपैयाँले बढेको छ ।