राष्ट्र बैंकले जारी गर्यो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिः गत वर्ष भित्रियो १२ खर्ब बढी रेमिट्यान्स

राष्ट्र बैंकले जारी गर्यो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिः गत वर्ष भित्रियो १२ खर्ब बढी रेमिट्यान्स


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार आर्थिक वर्ष २०७९(८० मा कुल १२ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकको मासिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० असारसम्ममा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ कुल रेमिट्यान्स भित्रिएको हो । तथ्याङ्क अनुसार गत वर्ष अघिल्लो वर्षको तुलनामा २१.२ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको केन्द्रिय बैंकले जनाएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।