नेपालको बैंकिङ्ग क्षेत्रले नेपाली मिडियाहरुप्रति सकारात्मक सहयोग गरिरहेको छः युवा व्यवसायी राजु ढुंगेल

नेपालको बैंकिङ्ग क्षेत्रले नेपाली मिडियाहरुप्रति सकारात्मक सहयोग गरिरहेको छः युवा व्यवसायी राजु ढुंगेल


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालको बैंकिङ्ग क्षेत्रले नेपाली मिडियाहरुप्रति सकारात्मक सहयोग गरिरहेको युवा व्यवसायी तथा इम्प्रेसन्स् अ क्रियटिभ डिजाइनका प्रबन्ध निर्देशक राजु ढुंगेलले बताएका छन् । नेपाल रिपब्लिक मिडिया प्रा.लि. द्धारा आयोजित ‘रिव्यु, ग्रो एण्ड टुकेदर’ प्यानल कार्यक्रममा बोल्दै ढुंगेलले यस्तो बताएका हुन् ।

नेपालको मिडिया उद्योगहरुप्रति बैंक तथा वित्तीय संस्थाहरु धेरै नै सकारात्मक रहेको ढुंगेलले बताए । उनी भन्छन् ‘नेपालको मिडिया उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाहरुको कुरा गर्ने हो भने धेरै सकारात्मक रहेको छ । उनीहरूले मिडिया उद्योगहरु संगसंगै मिलेर विज्ञापनमार्फत आफ्नो प्रडक्ट एण्ड सर्भिसलाई प्रमोसन गर्न खोजिरहेका छन्। तर धेरै संख्यामा मिडिया हाउसहरु छन, यो मुख्य चुनैती हो’ उनले भने । 

\"\"

नेपालमा विश्वासिलो मिडिया हाउसहरुको आवश्यकता भएको पनि उनले बताए । ‘मिडिया हाउसहरुलाई नियमन गर्ने निकाय पनि चाहियो । यो आजको लागि एउटा मुख्य चुनौती हो। मिडियाहरु विक्न त विकेका छन्, तर टिक्न  धेरै गाह्रो छ । लामो समयसम्म टिक्न कसरी सकिन्छ भनेर सोच्न जरुरी रहेको छ’ उनले भने । अर्को पाटो मिडियाले गर्नुपर्ने कुरा भनेको प्रेरक सामग्रीहरु उत्पादनमा जोड दिनुपर्ने हो । तर त्यो अहिले खड्किएको छ । आजभोलि यस्तो सामाग्री उत्पादनमा जोड दिनुपर्ने मिडियायाहरुले राजनीतिक सामग्री भन्दा माथि जान नसकेको ढुंगेलले बताए ।  

कुनै नेताले भाषण गर्दा ठुलो मुद्दा हुनसक्छ तर नयाँ उत्पादन, सर्वसाधरण, उपभोक्ताहरुको अधिकारको बारेमा मिडियाले त्यति काम गरेको नदेखेको उनको गुनासो छ ।

\"\"

 

भिडियोः