बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । बिहीबार प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्त वित्तीय संस्थाको कुल करिब २१ लाख कित्ता बोनस शेयर सूचीकृत भएको होे ।
प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।
सामुदायिक लघुवित्तले असार २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया