सेबोनबाट थप नयाँ ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

सेबोनबाट थप नयाँ ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ ।

सेबोनको साउन ३२ गतेको निर्णयबमोजिम थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा सजिलो ब्रोकर, रोडशो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज कम्पनी छन् । 

यीमध्ये हिमालयन र सनी सेक्युरिटिजले पूर्ण कार्य गर्ने र बाँकी ३ वटा सीमित कार्य गर्ने ब्रोकरको लाइसेन्स पाएका हुन् । यीसँगै सेबोनबाट नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३७ पुगेको छ। यसअघि ३२ वटा नयाँ कम्पनीले सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेका छन् । 

यसअघि सेबोनले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो ।