बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो केहि दिनमा उच्च अंकको गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन बिहिवार सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ८.०१ अंकले बढेर २ हजार ३३ दशमलब १३ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से २०.३१ अंकले घटेर २ हजार २५ दशमलब १२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज सामान्य अंकको वृद्धि भएपनि कारोबार रकम भने घटेर डेढ अर्बमा सिमित भएको छ । आज नेप्सेमा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ, १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र लिबर्टि इनर्जी कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।
आज लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यस कम्पनीको आज १३ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया