एनआईसी एशिया क्यापिटलको सधारणसभा सम्पन्न, पारित भयो ४६% लाभांश

एनआईसी एशिया क्यापिटलको सधारणसभा सम्पन्न, पारित भयो ४६% लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एसिया क्यापिटलको सातौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उक्त सभाले यसअघि घोषणा गरिएको ४६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बिहीबार क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ४६ प्रतिशत कर सहितका दरले हुन आउने ९ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष सन्तोषकुमार राठीले क्यापिटलले आर्थिक वर्ष २०७९/८० मा १० करोड ४२ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ११ पैसा कायम गरेको जानकारी दिए ।

म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरिएको उनले बताए । लगानी व्यवस्थापन सेवा अन्तर्गत क्यापिटलले ६६५ जना ग्राहकबाट १ अर्ब ८१ करोड भन्दा बढी रकम संकलन गरेको जनाएको छ ।