युनिलिभर नेपालले कमायो १ अर्ब ८३ करोड नाफा, ईपीएस कति ?

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १६ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ५४ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीले कुल रू. ७ अर्ब ४५ करोड आम्दानी गरेकोमा गत आवमा १५.६४ प्रतिशत बढेर रू. ८ अर्ब ६७ करोड पुगेको हो । 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १ हजार ६७५ रहेकोमा गत आवमा बढेर रू. १ हजार ९८८ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ६६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ४ हजार ७३४ छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।