ग्लोबल आइएमई बैंकको ब्याजदर साउनको तुलनामा भदौमा बढ्यो

ग्लोबल आइएमई बैंकको ब्याजदर साउनको तुलनामा भदौमा बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएर सार्वजनिक गरेको छ ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ त्यस्तै, बैंकले रेमिटेन्स बचत खातामा भने ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकका अनुसार मुद्दती निक्षेप रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्ने जनाएको छ ।