बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यस बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनाको लागि सार्वजनिक गरेको ब्याजदर साउन महिनाकै स्थिर रहेको छ ।
बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने १०.४९ प्रतिशतदेखि ११.४९प्रतिशतसम्म ब्याजदर तोकिएको छ । गसअघि साउन महिनामा पनि यि खाताहरुमा सोही ब्याजदर कायम रहेको थियो ।
बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । बैंकको आधार दर ९.५२ प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया