बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन क्यापिटल लिमिटेडले आज साउन ३२ गते बिहीवारदेखि नयाँ स्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ को इकाई जारी गरेको छ । योजना व्यवस्थापकको रूपमा रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई विक्री गर्न लागेको हो ।
निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
सो फण्डको इकाईका लागि आज अर्थात साउन ३२ गतेदेखि आवेदन दिन सकिनेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस इकाई छिटोमा भदौ ४ गतेसम्म विक्रीमा रहनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १५ गतेसम्म विक्री लम्बिनेछ ।
विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिने व्यवस्था छ । न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।
योजना व्यवस्थापकसँगै हिमालयन क्यापिटलले योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गर्नेछ । १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर वेब तथा एपमार्फत समेत आवेदन दिन सकिनेछ ।






About Us
प्रतिक्रिया