रिलायवल लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजारले पाए शेयर

रिलायवल लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजारले पाए शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट्स क्यापिटलको कार्यालय आज बुधबार शेयर बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओमा कुल १३ लाख ६४ हजार ३५३ जनाको आवेदन परेको छ । त्यसमध्ये ७ हजार ५१७ जनाको आवेदन रद्ध भएको छ । त्यस अनुसार कम्पनीको आईपीओमा १३ लाख ५६ हजार ८३६ जनाको मात्रै योग्य आवेदन परेको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।