कुनै पनि योजनासहित बैंकमा जाने उद्यमशील सोच भएको व्यक्तिले सहज ऋण पाएको छ:  मनोज ज्ञवाली

कुनै पनि योजनासहित बैंकमा जाने उद्यमशील सोच भएको व्यक्तिले सहज ऋण पाएको छ:  मनोज ज्ञवाली


बैंकिङ्ग समाचार, काठमाडौं ।

नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवालीले नेपालमा उद्योग व्यवसायको लागि वित्तीय स्रोतको समस्या नभएको बताएका छन्। उनले सम्भाव्य कुनै पनि योजनासहित बैंकमा जाने उद्यमशील सोच भएको व्यक्तिले सहज ऋण पाएको बताए।

कुनै पनि त्यस्तो व्यवसाय जसको लाभ सुनिश्चित छ। त्यस्तो योजनासहित बैंकमा पुग्दा स्रोतको अभाव हुँदैन। तर, त्यस्तो परियोजना सम्भाव्य हुनुपर्छ, राष्ट्रिय निर्माण नेपाल मञ्च र उद्यमशील युवा सृजनशील युवा अभियाले आयोजना गरेको इन्टरप्रेनरसिप इनोभेसन कन्क्लेभमा ज्ञवालीले भने। 

युवा उद्यमीहरूका लागि पछिल्लो समय विभिन्न स्किम पनि भएकाले यसबाट लाभ लिनसक्ने उनको भनाइ छ। अहिले तत्काल राजनीतिक प्रणाली र कर्मचारीतन्त्रमा सुधार नभएसम्म सरकार प्रभावकारी बन्ने सम्भावना नरहेको ज्ञवालीको भनाइ छ।

उनले सरकारको मुख ताकेर नभइ सृजनशील भएर उद्यमशील बन्न सकिने बताए।  उद्यमशीलताका लागि सरकारको मुख ताक्ने होइन र सरकारले कहिले के गरिदेला र हामी उद्यमशील होउला भनेर हुँदैन आफैँ नवीन सोच राखेर अघि बढ्नुपर्छ, उनले भने।