बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन बुधवार पनि दोहोरो अंकको गिरावट जारी रहेको छ । आज नेप्से २०.३१ अंकले घटेर २ हजार २५ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से ३१.८० अंकले घटेर २ हजार ४५ दशमलब ४४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज उच्च अंकको गिरावट भएसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार २ अर्ब १५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८५ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज सनराइज फोकस्ड फण्डको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशतले बढेको हो ।
आज माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया