हिमालयन म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन हुने

हिमालयन म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन हुने भएको छ । 

यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।  

सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक लिमिटेड देशको अग्रणी वित्तिय संस्था मध्ये स्थापित हुन सफल रहेको छ । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।

यस योजनाको प्रति इकाई अंकित मूल्य रु. १० को दरले १० करोड इकाईले हुन आउने कुल रकम १ अर्ब रुपैंया बराबरको हुनेछ जस मध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईहरु कोष प्रवद्र्घक, हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईहरु निष्काशन हुनेछ । 

स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा मिति २०८० साउन ३२ गतेदेखि छिटोमा मिति २०८० भदौ ४ थते (बैंकिङ्ग समयसम्म) र ढिलोमा मिति २०८० भदौ १५ गते (बैंकिङ्ग समय) सम्म निष्काशन तथा बिक्री खुल्ला हुनेछ ।

यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।