राष्ट्र बैंकले करिब ६ अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल गर्दै

राष्ट्र बैंकले करिब ६ अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ५ अर्ब ८४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो ।

बैंकले भदौ १ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यस ऋणपत्र भोलि साउन ३२ गते बोलकबोलमार्फत बिक्री हुने जनाएको छ ।

यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । यस ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८६ भदौ १ गते परिपक्व हुनेछ । यस ऋणपत्र धितो राखी कर्जा लिन पनि पाइनेछ ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ४ अर्ब ९६ करोड ४० लाख र ८७ करोड ६० छुट्याइएको छ ।