बैंकिङ्ग समाचार,काठमाडौं ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिमिल्सिनाले सबैले ऋण लिएपछि तिर्नु पर्छ भन्ने चेतना फैलाउनु पर्ने बताएकी छिन्। लघुवित्तका ऋणीको ऋण मिनाहा हुन्छ भन्दै कोही पनि हिँड्न नहुने उनले बताइन् । बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा लघुवित्त पनि नियम मिचेर लगानी गर्न उत्साहित हुन नहुने तिमिल्सिनाले बताइन् ।
“केही लघुवित्तले गर्दा लघुवित्तको इमेज बिग्रयो । एउटै व्यत्तिलाई धेरै लघुवित्तले ऋण दिँदा पनि समस्या निम्तिएको हो,” उनले भनिन्, “तर, यसरी कारोबार गर्ने १२÷१३ प्रतिशत लघुवित्त छन् । महिला आर्थिक सशक्तीकरणका लागि लघुवित्तलाई खुकुलो छोडेका हौँ । अहिले लघुवित्तलाई राष्ट्र बैंकले सुधार गर्न केही कसेको हो ।”
लघुवित्त स्वनियमनमा सञ्चालन हुनु पर्ने पनि उनको भनाइ छ । नाफा अर्जन नगरी संस्था सञ्चालन हुन नसक्ने भन्दै नाफा गर्दा ग्राहकलाई समस्यामा पार्न नहुने उनको भनाइ छ ।





About Us
प्रतिक्रिया