नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तको मर्जर पश्चात नेशनल लघुवित्तको नाममा शेयर सूचिकृत

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तको मर्जर पश्चात नेशनल लघुवित्तको नाममा शेयर सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साबिकको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था मर्जर पश्चात कायम शेयर सूचीकृत भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुँदा कायम हुने आएको १ करोड ८ लाख ४२ हजार ६३ कित्ता शेयर नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो ।

साबिकको नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ को अनुपातमा मर्जर भएर कायम हुन आएको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नेप्सेमा कारोबार गर्न सकिनेगरी शेयर सूचीकरण भएको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको उक्त शेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि १ हजार २१५ रुपैयाँ २९ पैसा ओपनिङ्ग मूल्य तोकिदिएको छ । सोहि मूल्यबाट बुधबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई एनएमएफबीएस कारोबार संकेत प्रदान गरेको छ ।

यस्तै नेप्सेले साबिककाे समिट लघुवित्तको शेयर सूचीकरण खारेजी गरेको पनि जनाएको छ ।