धौलागिरी लघुवित्तले खप्तड लघुवित्तलाई गाभेपश्चात संसथाको शेयर नेप्सेमा सूचीकृत

धौलागिरी लघुवित्तले खप्तड लघुवित्तलाई गाभेपश्चात संसथाको शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साबिकको धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच मर्जर पश्चात कायम शेयर सूचीकृत भएको छ । मर्जर पश्चात बनेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको नाममा ३ लाख कित्ता शेयर मंगलवार नेप्सेमा सूचीकृत भएको हो ।

साबिकको धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाबीच १ः०.७५ को अनुपातमा मर्जर भएको थियो । त्यसपश्चात कायम हुन आएको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नेप्सेमा कारोबार गर्न सकिने गरी शेयर सूचीकरण भएको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको उक्त शेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि ७६८ रुपैयाँ ६१ पैसा ओपनिङ्ग मूल्य तोकिदिएको छ । सोहि मूल्यबाट बुधबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई डिएलबीएस (DLBS) कारोबार संकेत प्रदान गरेको छ ।

यस्तै नेप्सेले साबिकको खप्तड लघुवित्तको शेयर सूचीकरण खारेजी गरेको पनि जनाएको छ ।