व्यवसाय बन्द गर्ने गरी करदातालाई दुःख नदिन अर्थ सचिव पोखरेलको निर्देशन

व्यवसाय बन्द गर्ने गरी करदातालाई दुःख नदिन अर्थ सचिव पोखरेलको निर्देशन

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

अर्थसचिव अर्जनुप्रसाद पोखरेलले करदातालाई दुःख नदिन कर अधिकृतहरुलाई निर्देशन दिएका छन् ।  आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थसचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले कर्मचारीहरुलाई व्यवसाय बन्द गर्ने गरी करदातालाई अप्ठ्यारो पार्ने काम नगर्न पनि निर्देशन दिए ।

पोखरेलले लक्ष्यअनुसार राजस्व संकलन गर्न सक्दा मात्रै व्यवस्थापन गोष्ठी सफल हुने बताएका छन् ।

महालेखा परीक्षण कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव, राजस्व न्यायाधीकरणले गरेका फैसला लगायत विषय हेर्दै गोष्ठीमा छलफल गर्न समेत पोखरेलले निर्देशन दिएका छन् ।