नेप्सेमा आज ३१.८० अंकको उच्च गिरावट, २ अर्ब १५ करोडको कारोबार

नेप्सेमा आज ३१.८० अंकको उच्च गिरावट, २ अर्ब १५ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलवार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ३१.८० अंकले घटेर २ हजार ४५ दशमलब ४४ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ३.६१ अंकले घटेर २ हजार ७७ दशमलब २४ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकम पनि स्थिर रहेको छ । आज २ अर्ब १५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका २० कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज इमर्जिङ्ग नेपाल कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य ५.१८ प्रतिशतले बढेर १ हजार १६ रुपैयाँ पुगेको हो ।

आज हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज २० करोड ५५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।