बैंकिङ्ग समाचार, काठमाडौं ।
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने क्रम अन्तिम चरणमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जनाएका छन् ।
सुन गाल्ने काम साढे १० बजेबाट सुरू भएको थियो । अब गाल्ने काम अन्तिम चरणमा पुगेको छ । गालेर सकेपछि सुनको यकिन तौल विवरण सार्वजनिक गरिने छ ।
प्रतिक्रिया